निषेधाज्ञा उल्लंघन गर्ने लाई उठबस गराउँदै दमक नगरपालिका

पर्यटन बजार२ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

निषेधाज्ञा उल्लंघन गर्ने लाई उठबस गराउँदै दमक नगरपालिका

जेठ २, दमक । दमक नगरपालिकामा कोरोना संक्रमण बढे सँगै नगरपालिकाले जेठ ७ गते राति १२ बजे सम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले नगरपालिकामा लकडाउन गर्ने निर्णय भएको हो ।

नगरपालिकाको निर्णयको उल्लंघन गर्दै सडकमा निस्कने सर्वसाधारणलाई कान समाएर उठबस गर्न लगाउने , २ घण्टा सडक मै उभ्याउने लगायतका सजाय दिइँदै आएको छ ।

जती भन्दा पनि विभिन्न बहानामा सर्वसाधारणहरु वाहिर निस्केपछि यस्ता सजाय राख्न बाध्यकारी भएको नगरपालिकाका मेयर रोमनाथ ओलीले बताएका छन् ।

लकडाउनको समयमा फलफूल , तरकारी, माछा मासु पसल , हार्डवेर , किराना लगायत का सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द हुनेछन् ।
त्यस्तै दूध डेरी र अण्डा पसल बिहान ५ देखि ८ सम्म खुल्ला गर्न सकिनेछ भने औषधि पसल कुनै बन्देज लगाइएको छैन ।

बैंक वित्तीय संस्था आईतबार र बुधबार मात्र खोल्न पाइनेछ भने बाहिर ढुवानी हुने सामग्री हरु बेलुका ४ बजे पछि मात्र ढुवानी गर्न सकिनेछ ।

Facebook Comment

छुटाउनुभयो कि?