आजको राशिफल !

पर्यटन बजार३ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

आजको राशिफल !

आज २०७८ साल जेठ ३, गते शनिबार

आजको राशिफल

मेष

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी लाभ मिल्नेछ ।

वृष
श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

कर्कट
आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

सिंह
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ, तर साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ ।

कन्या
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

तुला

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

वृश्चिक
मन सम्हाल्न आवश्यक हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

धनु
न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ । नयाँ कामको योजना बन्ला ।

मकर
आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

आज सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । आफन्त सँग पुनर्मिलनको योग रहेको छ ।


मीन
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
– ज्यो.प. नानी राम भट्टराई

Facebook Comment

छुटाउनुभयो कि?