निशुल्क सेवा प्रदान गर्दै “ठमेल टुरिष्ट हेल्प डेस्क”

पर्यटन बजार३ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

निशुल्क सेवा प्रदान गर्दै “ठमेल टुरिष्ट हेल्प डेस्क”

जेठ ३, काठमाडौं।  ठमेल पर्यटन परिषदको अगुवाइमा  ठमेलमा टुरिष्ट हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।कोरोनाका कारण अलपत्र परेका पर्यटकहरुको सहजताका लागी वडा नम्बर २६ र १६ का वडा प्रमुख र युवाहरु सक्रिय भएका हुन् ।

पर्यटन परिषद प्रमुख प्रकाश राणा आफैं मोटर साइकलमा अक्सिजन सिलिण्डर बोकेर घरघरमा विरामीको सेवामा खटिएका छन् । केहिहदसम्म भएपनि बेडमा छटपटाईरहेका बिरामिहरुलाई प्राणवायुको ब्यबस्थामा खट्न पाउदा गर्भले  छाति फराकिलो भएको राणाले बताए ।

ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष तथा कोभिड-१९ पर्यटन व्यावसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माको पहलमा आफ्नै गाडिमा विनायक अस्पताल, ॐ समाज डेण्टल अस्पताल तथा अन्य क्षेत्रका अस्पतालहरुमा अक्सिजन सिलिण्डर भरेर उपलब्ध गराउने कार्य गरिरहेका छन् ।

टुरिष्ट हेल्प डेस्क मार्फत मास्क,सेनिटाइजर र पानी वितरण समेत गरिन्छ भने टुरिष्टहरुलाई कुनै समस्या परेमा सम्बन्धित निकायमा सम्पर्क गरी उनीहरुको समस्याको समाधान गर्न आफूहरु उन्मुख भएको प्रमुख राणाले बताएका छन् ।

त्यस्तै ठमेल पर्यटन बिकास परिषदका सदस्य , स्थानीय घरधनी तथा ब्यबसायीहरुलाई पिशिआर टेस्ट गर्नुपरेमा  , अस्पताल जनुपरेमा , एयरपोर्टमा जानका लागी ठमेल पर्यटन बिकास परिषदले निःशुल्क गाड़ीको ब्यबस्था गरेको छ ।

परिषद् ले करिब १५ दिन देखि यो सुविधा दिइरहेको छ भने अवस्था सामान्य नभइन्जेलसम्म निरन्तर रूपमा सेवामा खटिने संयोजक भविश्वर शर्माले बताएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?