खोप लगाउन जादा ध्यान दिनुपर्ने कुराहरू!

पर्यटन बजार३ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

खोप लगाउन जादा ध्यान दिनुपर्ने कुराहरू!

जेठ ३, काठमाडौं।
१. आफ्नो बस्ने ठाउँबाट नजिक पर्ने खोप केन्द्रमा जानुहोस ।
२. साथिभाईको लहैलहैमा लागेर टाढाको खोप केन्द्रमा नजानुहोस ।
३. पहिलो डोज खोप लगाउदा लिएको खोप कार्ड साथमा लिएर जानुहोस ।
४. बढी भीडभाड भएको खोप केन्द्रमा नजानुहोस ।
५. लाइनमा बस्दा र खोप लगाउदा सामाजिक दुरि कायम गर्नुहोस् ।
६. खोप लगाउन जादा डबल माक्स अनिवार्य लगाउनुहोस र साथमा स्यानिटाइजर बोक्नुहोस ।
७. खोप लगाउन जादा, खोप लगाउने सेन्टर र त्यहाँबाट घरमा नपुग्दा सम्म हातले कतै केही छोइएमा स्यानिटाइजरको प्रयोग गर्नुहोस ।

८. खोपकेन्द्रमा जादा हातमा पन्जा लगाएर जानुहोस ।
९. खोपकेन्द्रबाट फर्किए पछि आफ्नो घर/ कोठामा छिर्नुभन्दा पहिले तपाईंले लगाउनु भएको पन्जा खोलेर सुरक्षीत रूपमा फोहोरमा फाल्नुहोस र साबुनपानीले राम्रोसँग हात धुनुहोस ।
१०. घर/ कोठामा छिर्नुभन्दा पहिले खोपकेन्द्रमा जादा लगाउनुभएको कपडा परिवर्तन गर्नुहोस् र नुहाएर मात्र परिवारको अन्य सदस्यको सम्पर्कमा जानुहोस ।

Facebook Comment

छुटाउनुभयो कि?