मोटरसाइकल दुर्घटनामा परी पर्यटन व्यवसायी तामाङको मृत्यु

पर्यटन बजार४ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

मोटरसाइकल दुर्घटनामा परी पर्यटन व्यवसायी तामाङको मृत्यु

जेठ ४, काठमाडौं । गएराती मोटरसाइकल दुर्घटना हुँदा एक पर्यटन व्यवसायी को मृत्यु भएको छ । काठमाडौंको नेपालटारमा बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको हो ।

सोमबार बेलुकी पौने ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङले काठमाडौंको नयाँबजार स्थित हिमालय च्याङपा ट्रेक्स एंड एक्सपिडी सन सञ्चालन गर्दै आएका थिए।

ट्रेकिङ्ग एजेन्सिज् एसोसिएन अफ नेपाल (टान) को साधारण सदस्य तथा समेत रहेका तामाङको मृत्युमा टानले दुःख व्यक्त गर्दै यस दुःखद घडिमा शोकमा रहनु भएका सम्पूर्ण परिवारजनप्रति शोकलाई शक्तिमा परिवर्तन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?