आज पाँच वटा जहाज काठमाडौंबाट साउदीका लागि उड्दै

पर्यटन बजार४ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

आज पाँच वटा जहाज काठमाडौंबाट साउदीका लागि उड्दै

जेठ ४, काठमाडौं। मंगलबार त्रिभुवन विमानस्थबाट एक दिन पाँच वटा जहाज काठमाडौंबाट साउदी अरेवियाका लागि उड्दैछन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् । यसमध्ये हिमालयका दुई जहाज बिहान उडिसकेका छन् ।

हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् ।

यी जहाजमा भारतीय नागरिकहरु रहेका छन् । नेपालमा निषेधाज्ञा घोषणा नहुँदै नेपाल आई काठमाडौंमै रोकिएका भारतीय नागरिकलाई भारत र साउदी सरकारको सहमतिमा उडानको बाटो खोलिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयलाई तीन र नेपाल एयरलाइन्सलाई सात उडानको अनुमति दिएको हो । नेपाल एयरलाइन्सले थप उडान १९, २०, २१ २२ र २३ तारीखमा गर्ने गरि तालिका बनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार आज बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिण्डर लिएर आउँदैछ । यो जहाज पुनः सिलिण्डर लिन आजै राती बेइजिङ जाने कार्यक्रम छ ।

आज बिहान हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट कार्गो लिएर आएको छ । हिमालयको अर्को जहाज आज राति कुनमिङ जाने छ ।

आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?