जाङ्ग्बुले फहराए सगरमाथामा टानको झण्डा

पर्यटन बजार४ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

जाङ्ग्बुले फहराए सगरमाथामा टानको झण्डा

जेठ ४, काठमाडौं। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सगरमाथा मा टान को झण्डा फहराएका छन् । कोरोना लाई पररास्त गर्दै उनले सत्रौँ पटक सगरमाथा आरोहण गरेका हुन् ।

उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् ।

टानका अध्यक्ष खुम वहादुर सुबेदी ले जाङबु को यो ठूलो सफलता को लागि बधाइ ज्ञापन गरेका छन्। कोरोना जस्तो महामारी को शिकार बनेर पनि हिम्मत नहारी आत्मबल बढाई दृढ संकल्पका साथ शेर्पाले गरेको सगरमाथा साँच्चै नै तारिफयोग्य रहेको अध्यक्ष सुबेदीले बताए ।

विविध समस्याका बीच पनि सगरमाथा को सफल आरोहण गरी टान को झण्डा नेपालको झण्डा सँगै विश्वकै अग्लो चुचुरो सगरमाथामा फहराई दिएको मा अत्यन्तै खुशी लागेको अध्यक्ष सुबेदीले पर्यटन बजार लाई जानकारी गराए ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले १६  औँ पटक सगरमाथा आरोहण गर्न सफल जाङ्ग्बु शेर्पालाई १७ औँ पटक सगरमाथा आरोहण को लागि  १९ चैतमा बिदाइ गरेको थियो।

काठमाडौंबाट २२ चैत २०७७ मा मैले बेस क्याम्प प्रस्थान गरेको थिए ।  सगरमाथा बेश क्याम्पमा हुँदा  ज्वरो आउने, खोकी लाग्ने समस्या भएपछि उनी ७ वैशाख २०७८ मा हेलिकप्टरमा काठमाडौं आए र सिधै एरा हस्पिटल मा भर्ना भएका थिए । परीक्षण गर्दा  उनलाई  कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमण भएपछि उनी ६ दिन अस्पताल बसे भने ६ दिन होम आइसोलेसनमा बसे । कोरोनामुक्त भएलगत्तै उनको मनले मानेन फेरि वैशाख १९ गते सगरमाथा बेश क्याम्पतिर लागे र वैशाख २८ गते सगरमाथा सफल आरोहण गर्न सफल भए।

Facebook Comment

छुटाउनुभयो कि?