सोल्टी क्राउन प्लाजाको नाम र ब्रान्डिङ अब “दी सोल्टी काठमाडौं ” हुने

पर्यटन बजार५ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

सोल्टी क्राउन प्लाजाको नाम र ब्रान्डिङ अब “दी सोल्टी काठमाडौं ” हुने

जेठ ५, काठमाडौं। होटल सोल्टी अब लक्जरी सेग्मेन्टसहित आउने भएको छ। सोल्टी क्राउन प्लाजाको नाम र ब्रान्डिङ अब दी सोल्टी काठमाडौं हुनेछ ।

२६ वर्ष अगाडि इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)सँग गरेको व्यवस्थापन सम्झौता १४ मे (बैशाख ३१ गते) सकिएसँगै होटलले नयाँ स्वरुपमा विकास गर्दै ‘दी सोल्टी काठमाडौं’को नामबाट पुनब्र्रान्डिङ गरेर थप लक्जरियस प्रोडक्टमा विकास गर्ने भएको छ ।

होटललाई समयअनुसार विस्तार र स्तरोन्नति गर्दै लाने योजनासहित व्यवस्थापनको जिम्मा होटल सोल्टीले नै हेर्ने गरी काम सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले २६ वर्ष अगाडि आईएचजीसँग भएको व्यवस्थापन सम्झौता बैशाख ३१ गते टुंग्याएर जेठ १ गतेबाट नै होटलले आफनो व्यवस्थापन तथा पुनब्र्रान्डिङको काम सुरु गरेको कम्पनीका उपाध्यक्ष सुदर्शन चापागार्इंले बताए ।

“होटलले नै व्यवस्थापनको काम हेर्ने भएपछि हामी होटललाई दी सोल्टी काठमाडौंको नामबाट ब्रान्डिङ गर्दैछौं,” उपाध्यक्ष चापागाईंले भने।

कम्पनीले ६ महिना अगाडि आईएचजी पत्राचार गर्दै थप व्यवस्थापन सम्झौता नगर्ने जानकारी गराएको थियो । “सोल्टीको आफ्नै स्ट्रोङ ब्रान्ड छ, भारत, चीन, दक्षिण एसिया र यूरोप अमेरिकामा नै होटलको राम्रो छाप छ ।

यसैलाई विकास गर्दै होटलको व्यवस्थापनलाई कम्पनीले नै लिएर जानेछ,” उपाध्यक्ष उनले भने ।

उनले होटललाई लक्जरी सेग्मेन्टमा विकास गर्ने योजनासहित स्तरोन्नतिको काम भइरहेको पनि जनाए । नेपालको बजार मुख्यतः चीन, भारत र युरोप, अमेरिकनलाई पनि फोकस गर्छौं ।

होटलले बैंक्येट हल पुनसंरचना गरिसकेको छ भने लवि पनि रिनोभेसनको काम अगाडि बढाएको छ । कम्पनीले सन् २०२१ को अन्त्यसम्म रिनोभेसनको काम पूरा गर्ने लक्ष्य लिएको छ ।

काठमाडौं सहरको मुख्य केन्द्र ताहाचलमा करिब १२ एकड क्षेत्रफलमा अवस्थित दी सोल्टी काठमाडौं होटेल विक्रम संवत् २०२३ सालदेखि सञ्चालनमा छ । पाँच तारे होटेल सोल्टीमा २ सय ८५ वटा पाहुना कोठा र विशिष्टस्तरका सुइट रुम रहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?