थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण, २४६ को मृत्यु

पर्यटन बजार५ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण, २४६ को मृत्यु

जेठ ५, काठमाडौं। कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?