लमजुङमा २४ घण्टामा ८६ पटक पराकम्पको महसुस

पर्यटन बजार६ जेष्ठ २०७८, बिहीबार मा प्रकाशित

लमजुङमा २४ घण्टामा ८६ पटक पराकम्पको महसुस

जेठ ६, लमजुङ। लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर हिजो बिहानदेखि पटकपटक पराकम्पको महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको हो ।

पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ८६ पटक धक्का महसुस गरिएको राससले उल्लेख गरेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार म्याग्नेच्युटमाथिका ६ वटा र सोभन्दा कम ८२ पटक धक्का महसुस गरिएको छ ।

चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८८ बजेर १६ मिनेटमा ४८ बजेर १७ मिनेटमा ४ दशमलव १,  ८ बजेर २६ बजेटमा ५ दशमलव ३बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहिबार बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । जिल्ला प्रहरी कार्यालयको रिपोर्ट अनुसार अहिलेसम्म भूकम्पका कारण २४१ घरमा क्षति पुगेको छ । जसमा ५० घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी घरपनि अहिलेकै अवस्थामा बस्न नमिल्ने अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी गंगा थापाका अनुसार बिहानसम्म पनि निरन्तर आइरहेको भूकम्प र सँगै आएको पानीले जनजीवन प्रभावित बनाएको थापाले जानकारी दिए । पानी कमभएसँगै क्षतिपुगेका परिवारलाई त्रिपाल लगायत उपलब्ध गराउने तयारी रहेको थापाले जानकारी दिए ।

बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लावासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा घरभित्र बस्न सक्ने अवस्था नै नरहेको प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


Facebook Comment

छुटाउनुभयो कि?