पर्यटकको आँखामा कहिले पर्छ हुम्लाको “कोरन भ्याली”

पर्यटन बजार८ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

पर्यटकको आँखामा कहिले पर्छ हुम्लाको “कोरन भ्याली”

जेठ ७, हुम्ला। कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले भरिएको छ । हिमाली जिल्ला हुम्ला भौगोलिक रुपमा दुर्गम भए पनि सौन्दर्यका हिसाबले निकै धनी छ ।

त्यस्तै हुम्लाको कोरन भ्याली अर्थात चाङ्ला भञ्ज्याङ अत्यन्तै सुन्दर एक गन्तव्य हो ।

सिमकोट गाउँ पालिकाको दोजाम गाउँको क्षेत्रमा पर्ने यो भ्याली जिल्ला सदरमुकाम सिमकोटदेखि साढे २० किलोमिटरको दूरीबाट शुरु हुने यो भ्यालीको अन्तिम विन्दु ८०.५ किलोमिटर सम्मको छ ।

परापूर्व कालमा चट्याङ परेर माथिबाट आसपासको पहाड खसेको थियो ।

खसेको पहाडबाट ड्राइगनको आकारमा एउटा खोला निस्केकाले त्यही खोलाको नाम नै तत्कालिन समयमा स्थानीयले लामा भाषामा अर्थात लामा खामा भाषामा डुग भनिने यो स्थानलाई कोरन भ्यालीका नामले चिनाउन थालिएको हो ।

जसलाई खस भाषमा लडे खोलाका नामले पनि चिनिन्छ । प्राकृतीक तथा पर्यटकिय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएपनि प्रचारप्रसार अभावले एक्लो बनेको छ यो भ्याली ।

यो क्षेत्रको आवश्यक प्रचार हुन सके यस स्थान धेरै चर्चामा आउन सक्ने र धेरै पर्यटकहरूलाई लोभ्याउन सक्ने क्षमता राख्दछ ।

Facebook Comment

छुटाउनुभयो कि?