सञ्चारकर्मी खनाल को “यो खत्रा माया” बोलको गीत सार्वजनिक

पर्यटन बजार८ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

सञ्चारकर्मी खनाल को “यो खत्रा माया” बोलको गीत सार्वजनिक

काठमाडौं, जेठ ८। सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवाँरको लोक दोहोरी बोलको गीत “यो माया खत्रा” सार्वजनिक भएको छ ।

सञ्चारकर्मी खनालको शब्द, संगित र खनालकै आवाज साथै मनु कुवाँरको आवाजमा तयार भएको लोक दोहोरी “यो माया खत्रा” प्रेमिल गीत मंगलबार म्युजिक स्टार नेपाल कम्पनि मार्फत सार्वजनिक भएको हो ।

रैला पप टिपिकल रुपमा सार्वजनिक लोक दोहोरी गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको मुख्य अभिनय रहेको छ भने अन्य स्थानिय भाईबिहनिहरुले सहयोगी भुमिका निभाएका छन् ।

गीतको भिडियो पर्यटकिय, धार्मिक तथा ऐतिहासिक स्थलमा तयार पारिएको छ । गीतले प्रेमको सन्देश साथै अहिलेको परिस्थितिमा विश्वसनिय प्रेमको विषयलाई उठान गरेको छ । मनोरन्जनात्मक अर्थात टिपिकल रुपमा गीत तयार पारिएको हो ।

लुम्बिनि कपिलवस्तु लगायतका स्थानमा तयार परिएको गीतको एरेन्ज मिक्सिङ हेमन्त शिशिर र रेकर्डिस्टमा विरेन बिसिले साथ दिएका छन् । गीतको भिडियो निर्देशक निशान एस के साथै दृश्य सम्पादनमा प्रकाश धमला र क्यामरामा दिपक गिरिले साथ दिएका छन् ।

सर्जकले आगामी दिनमा आफ्ना नयाँ नयाँ सृजना बजारमा ल्याउँदै जाने बताएका छन् । खनालको यो भन्दा पहिला राष्ट्रिय गीत नबिर्सौ विरताको गाथा सार्वजनिक भैसकेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?