गन्हाउने फूल सुँघ्न अमेरिकामा सयौंको लाइन

पर्यटन बजार९ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

गन्हाउने फूल सुँघ्न अमेरिकामा सयौंको लाइन

जेठ ९, काठमाडौं।अमेरिकाको सन फ्रान्सिस्कोस्थित बे एरिया सहरमा रहेको पूरानो ग्यास स्टेसन नजिकै गन्हाउने फूल फक्रिएको छ । लास फूल अर्थात् corpse flower भनिने उक्त फूलबाट दुर्गन्ध निस्किन्छ । तर मानिसहरुलाई लास फूलको दुर्गन्ध यति मन परेको छ कि त्यो फूल सुँघ्नका लागि सयौँ मानिसहरु तछाडमछाड गरेका छन् ।

स्थानीय अलामेडा भन्ने ठाउँमा रहेको फूल नर्सरीमा उक्त गन्हाउने फूल फक्रिएको छ । उक्त नर्सरीका मालिक सोलोमन लेभा उक्त गन्हाउने फूल फक्रिएको तस्वीर सोसल मिडियामा राखेका थिए ।

मानिसहरुले उक्त फूलप्रति निकै रुची देखाएपछि उनले त्यसलाई नजिकैको पूरानो पेट्रोल स्टेसनको भवनमा प्रदर्शनीमा राख्ने निधो गरे ।

जब उक्त गन्हाउने फूल सार्वजनिक ठाउँमा प्रदर्शनीमा राखियो तब मानिसहरु त्यसलाई हेर्न र सुँघ्नका लागि दिनभर जसो आउने गरेका छन् । बिहिबार मात्रै दिनभरमा १२ सय जनाले उक्त फूल सुँघेको सोलोमन लेभा बताउँछन् ।

धेरै मानिसहरु चाहिँ गतवर्ष सनफ्रान्सिस्कोमा यस्तै फूल फुल्दा त्यो बारभित्र रहेकोले नजिकबाट र सुँघ्न नपाइएको तर यसपटक सबैले नजिकै गएर हेर्न तथा सुँघ्ने व्यवस्था गरिदिएकोमा लेभाले धन्यवाद दिएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?