पर्यटन ब्यबसायी उप्रेतीले गरे सगरमाथाको सफल आरोहण

पर्यटन बजार९ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

पर्यटन ब्यबसायी उप्रेतीले गरे सगरमाथाको सफल आरोहण

जेठ ९, काठमाडौं। लायन्स क्लब अफ नेपाल एभरेष्टका अध्यक्ष रामशरण उप्रेतीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्। उनले आज बिहान ५:३० मा सगरमाथा चुचुरोमा पाईला टेकेका हुन ।

सफल यूवा पर्यटन व्यवसायी समेत रहेका उप्रेती सगरमाथा आरोहणका लागि गत अप्रिल २१ मा एभरेष्ट बेस क्याम्प पुगेका थिए। मे १ मा खराब मौषम का कारण पुन बेस क्याम्प फर्किएको सामाजिक सञ्जाल मार्फत बताउँदै उनले मौषम सुध्रिने दिनको पर्खाइमा रहेको बताएका थिए ।

प्रतिक्षाको घडी आज आएर पुरा भएकोमा उप्रेतीले खुशी व्यक्त गरेका छन् । सगरमाथाको सफल आरोहण गरेर बेस क्याम्प तर्फ फर्किएको पनि उनले जनाएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?