आजको राशिफल !

पर्यटन बजार१० जेष्ठ २०७८, सोमबार मा प्रकाशित

आजको राशिफल !

आज २०७८ साल जेठ १०, गते सोमबार

आजको राशिफल

मेष

आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

वृष
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ ।

मिथुन

आज नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कर्कट
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा मधुरता पनि छाउला ।

सिंह
मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।


तुला

आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

वृश्चिक
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

धनु
राजनीतिक कार्यमा सफलता मिल्नेछ । घरायसी मनोरञ्जनमा सहभागिता भइएला । स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।

मकर
आज इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ ।
कुम्भ

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।

मीन
अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
– ज्यो.प. नानी राम भट्टराई

Facebook Comment

छुटाउनुभयो कि?