सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोहण प्रभावित

पर्यटन बजार१२ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोहण प्रभावित

जेठ १२, काठमाडौं। सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। मंगलबारबाट आएको मौसममा आएको परिवर्तनका कारण भारी हिमपात भएपछि सगरमाथा आरोहण पनि प्रभावित भएको छ।

हिमपातका कारण सबै आरोहण दलले आफ्नो यत्रा स्थगित गरेको बताइएको छ । सबै आरोही क्याम्प टुमा फर्किएको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विबसित भएको ‘यास’ चक्रवातका कारण मौसम परिवर्तन भएर हिमापात भएको जनाएको छ।

चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबारदेखि शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने बताइएको छ।

Facebook Comment

छुटाउनुभयो कि?