सागरमाथा आरोहीहरुको तुरुन्त जीवन रक्षा गरियोस – निटोग

पर्यटन बजार१४ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

सागरमाथा आरोहीहरुको तुरुन्त जीवन रक्षा गरियोस – निटोग

जेठ १४, काठमाडौं। देशभर लगातार २४ घण्टा देखि भइरहेको वर्षा र भारी हिमपात का कारण सगरमाथा आरोही हरु रोकिएका छन् । सगरमाथा हिमालको आरोहणको क्रममा रहेका करिब ५०० जना जति पर्वतारोही तथा श्रमिकहरु दोश्रो क्याम्पमा रोकिनु परेको हो ।

अझै केही समय निरन्तर मौसम बिग्रेन अवस्था देखिने भएकाले नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) ले पर्वतारोहीको जीवन रक्षा को लागि छिटो सरकारले कदम उठाउनु पर्ने माग गरेको छ ।

निटोग ले प्रेस विज्ञप्ती जारी गर्दै सगरमाथा हिमालको दोश्रो क्याम्पमा रहेका श्रमिक र पर्वतारोहिको जीवन सुरक्षाको निम्ति गर्न अति आवश्यक रहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ ” यस्तो विषम परिस्थितिमा श्रमिक र पर्वतारोहीहरुको जीवन रक्षा सरकारको मुख्य जिम्मेवारी हो । यदि समयमै यसतर्फ ध्यान पुर्‍याउन नसकेर अकल्पनीय घटना घट्यो भने सोको जिम्मा स्वयंम नेपाल सरकारले नै लिनु पर्ने छ। जसको कारण उद्दारको निमित्त लागि आवश्यक पहलकदमी तुरुन्तै अगाडी बढाउन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) नेपाल सरकार र सम्बन्धित निकायहरु संग जोडदार माग गर्दछ । “

Facebook Comment

छुटाउनुभयो कि?