सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा

पर्यटन बजार१५ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा

जेठ १५, काठमाडौं। सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले यो घोषणा गरेको हो ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को यो नीति ल्याएको बताए ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ,’ मन्त्री पौडेलले भने । उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए ।

यसअघि कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको उत्थान गर्न तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरेका थिए । तर, यो विदाको दुरुपयोग हुनसक्ने भन्दै आलोचना भएपछि सरकारले निर्णय गरेको थिएन ।

Facebook Comment

छुटाउनुभयो कि?