भान्सामै औषधि : यस्तो छ कुरिलोको फाईदै फाइदा !

पर्यटन बजार२० जेष्ठ २०७८, बिहीबार मा प्रकाशित

भान्सामै औषधि : यस्तो छ कुरिलोको फाईदै फाइदा !

जेठ २०, काठमाडौं। भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।

कुरिलोको कन्द (जरा) को धुलो विभिन्न खाद्य पदार्थ तथा पेयमा मिलाएर खाने चलन छ । आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धतीमा यसको प्रयोग दिनदिनै बढीरहेको छ । गाईवस्तुको दुध वढाउन पनि यसको प्रयोग गरिन्छ । नेपालमा कुरिलोको जरा परम्परागत रुपमै धेरै रोगको औषधिका रुपमा र शक्ति दिने खाद्यका रुपमा खाने गरिएको छ ।

नेपालमा अहिलेसम्म पाईएका ८ प्रजातिका कुरिलो मध्ये पश्चिम नेपालमा पाइने प्रजातिको खेति बढी गरिन्छ ।
वैज्ञानिक नाम Asparagus racemosus Wild var subacerosus Baker भएको कुरिलो Asparagaceae वानस्पतिक परिवारमा पर्छ ।

नेपालमा यसलाई कुरिलो, सतावरी, झिझिर काँडा, रानी कुरिलो, जंगली कुरिलो आदिका नामले चिनिन्छ । संस्कृतमा अतिरसा, शतमुली, शतावरी भनिने कुरिलोको अंग्रेजी नाम Golden Asparagus हो ।

कुरिलोको फाइदा:
१.  कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

२. यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

३.  कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

४.  यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ ।

५.  कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?