थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार२१ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २१, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ गरी ६६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?