आजको राशिफल!

पर्यटन बजार२३ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

आजको राशिफल!

आज २०७८ साल जेठ २३, गते आईतबार

आजको राशिफल

मेष

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

वृष

उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वास गुम्न सक्छ, सचेत रहनुहोला ।

मिथुन
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सफल छलफल र लगानीको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कर्कट

सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । न्यायिक प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

सिंह

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

कन्या

कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

तुला

आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईंको काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

वृश्चिक

आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ

धनु

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको भेटघाटले मन प्रफुल्ल रहला । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मकर

 आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम भने सम्पादन हुन सक्छ ।

कुम्भ

आज प्राविधिक र टेक्निकल काममा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन

आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

– ज्यो.प. नानी राम भट्टराई

Facebook Comment

छुटाउनुभयो कि?