मानवसेवा आश्रमलाई पर्यटक प्रहरीको सहयोग

पर्यटन बजार२४ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

मानवसेवा आश्रमलाई पर्यटक प्रहरीको सहयोग

जेठ २४, काठमाडौं। पर्यटक प्रहरीले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पर्यटक प्रहरीले कोरोना महामारीको समयमा आश्रममा खाद्यान्न अभाव भएको कुरालाई मध्यनजर गर्दै आवश्यक सामग्री सहयोग गरेको हो ।

आश्रममा भएका मानिसहरूलाई कुनै समस्या नपरोस् भन्ने उद्देश्यका साथ आवश्यक सहयोग गरेको पर्यटक प्रहरी कार्यालय का निमित्त प्रमुख चन्द्र किशोर शाहले बताए।” सामाजिक कार्यमा अग्रसर रहनु हाम्रो कर्तव्य हो , आफ्नै अघि कसैलाई समस्या पर्दा हामी चुप बस्ने त कुरै भएन , त्यसैले सकेको सहयोग गरेका हौं” उनले भने ।

पर्यटन क्षेत्रमा विशेष काम गर्ने पर्यटन प्रहरीले सामाजिक कार्यमा पनि उतिकै सक्रियता देखाउँदै आएको छ ।

मानव सेवा आश्रमले २०७३ साल देखि खुल्ला आकाशमुनी सडकजीवन बिताउन विवस भएका अनाथ, अपाङ्ग, अशक्त, असहाय तथा सहयोगापेक्षी नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।

यि मानिसहरुको उद्धार, उपचार, पालन पोषण, संरक्षण तथा पारिवारिक पूर्णमिलनको व्यवस्थापनका लागि यो संस्थाले निरन्तर रूपमा काम गरिरहेको छ । हाल, यो संस्था काठमाडौं, गोरखा, कास्की, हेटौंडा लगायत १६ वटा जिल्लामा कार्यारत छ, र भविष्यमा ७७ वटै जिल्लाहरुमा विस्तार गर्ने योजना लिएर अगाडी बढी रहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?