मुम्बईमा अवस्थित चर्चीत तारे होटल ह्यात रिजेन्सी बन्द

पर्यटन बजार२६ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

मुम्बईमा अवस्थित चर्चीत तारे होटल ह्यात रिजेन्सी बन्द

जेठ २६, काठमाडौं। भारतको मुम्बईमा अवस्थित चर्चीत तारे होटल ह्यात रिजेन्सी बन्द भएको छ । कोरोना महमारीबाट लामो समय देखि सञ्चालनमा आउन नसकेको होटलले आर्थिक अभाव बढेसँगै बन्द गर्ने निर्णय गरेको हो ।

होटलको सञ्चालन खर्च धान्न मुश्किल परेको र कर्मचारीलाई तलब दिन समस्या सिर्जना भएपछि अर्को सूचना नआइन्जेल सम्म होटल बन्द रहने कन्ट्री हेड सञ्जय शर्माले जानकारी गराएका छन् ।

उनले होटलमा आउने पाहुना आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउँदै यस समस्याको समाधानका लागि होटल मालिक सँग छलफल गर्ने समेत बताएका छन् ।

कोरोना ले विश्व समुदायको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको छ । देश तथा विदेशका धेरै तारे होटलहरू बन्दको संघारमा आइपुगेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?