फिकुरी ट्रेकिङ ट्रेल

पर्यटन बजार२६ जेष्ठ २०७८, बुधबार मा प्रकाशित

फिकुरी ट्रेकिङ ट्रेल

जेठ २६, काठमाडौं। फिकुरी ट्रेकिङ ट्रेल अर्थात नेपालको नयाँ गन्तव्य ।

फिकुरी ट्रेक काठमाडौं नजिक र आफैंमा रोमाञ्चक स्थान हो। बत्तीमुनिको उज्यालो रहेको यो ठाउँलाई पर्यटकीय बजारसँग जोड्ने प्रयास भइरहेको छ ।

केहीसमय अघि ३८०० मिटर उचाइको फिकुरी डाँडा, ढ्वाछाप भेडा खर्कमा पुगेर ५५ जनाको संख्यामा रहेको एक टोलीले ‘क्याम्पिङ’ गरेको थियो।

फिकुरे डाँडाँबाट लाङटाङ, गणेश हिमाल, मनास्लु, गोसाइकुण्ड रेन्ज सहजै देख्न सकिन्छ। साथै हिमाली जनजीवन र संस्कृति अवलोकन गर्न सकिन्छ।

ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने हुन्छ।

नयाँ पर्यटकीय स्थानको पहिचान र प्रवर्द्धनपछि आन्तरिक पर्यटकले हिमाली जिल्ला रसुवाको लाङटाङ, तामाङ हेरिटेज ट्रेल, गोसाईकुण्ड सँगै यो ट्रेलको पनि भ्रमण गर्न सक्नेछन्।

मल्टी डे ट्रेकका रूपमा रहेको यो ट्रेलमा बेत्रावती उत्तरगया, मानेगाउँ, तामाङ बस्ती, धाल्चे, ९नेपालकै पहिलो भेडा फार्म, किस्पाङ, गुम्बा र पोखरी, ठूलो ढुंगा, फिकुरी डाँडा, सातदोबाटो, रसुवाको गुरूङ बस्ती ठूलो गाउँ। विशाल ढुंगा जहाँ ढुंगामाथि चउर पाँच हजार मानिस एकै पटक अट्ने क्षेत्रहरू छन्।

Facebook Comment

छुटाउनुभयो कि?