थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार२७ जेष्ठ २०७८, बिहीबार मा प्रकाशित

थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि

जेठ २७, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित भेटिएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?