आजको मौसम – मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

पर्यटन बजार२८ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

आजको मौसम – मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

जेठ २८, काठमाडौं। देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

शुक्रबार साँझ पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

Facebook Comment

छुटाउनुभयो कि?