देशभर थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार२८ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

देशभर थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि

जेठ २८, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?