उपत्यका मा थपियो एक साता निषेधाज्ञा, यी क्षेत्रमा सहजता

पर्यटन बजार३० जेष्ठ २०७८, आईतवार मा प्रकाशित

उपत्यका मा थपियो एक साता निषेधाज्ञा, यी क्षेत्रमा सहजता

जेठ ३०, काठमाडौं। उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले  बताए । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।

यी क्षेत्र खुल्नेछन्

– खाद्यान्न ११ बजेसम्म
– अनलाइन डेलिभरी दिने
– पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
– हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने
– कृषि कार्य सञ्चालन गर्न दिने
– भिसा लिनका लागि सहजिकरण गर्ने

Facebook Comment

छुटाउनुभयो कि?