पर्यटकको पर्खाइमा , बारिल झरना

पर्यटन बजार३१ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

पर्यटकको पर्खाइमा , बारिल झरना

जेठ ३१, बझाङ। बझाङमा पर्यटकहरूलाई आकर्षित गर्ने थुप्रै प्राकृतिक सुन्दरताका गन्तव्य छन । पर्यटकहरूलाई आकर्षित गर्ने हिमाल, ताल तलैया, समथर फाँट, झरना लगायत हुँदा हुँदै पनि पर्यटन गन्तव्यको प्रचार प्रसार हुन नसक्दा बझाङका अधिंकास पर्यटकिय स्थलहरु ओझेलमा परेका छन ।

तिनै ओझेलमा परेको आर्कषक गन्तव्य मध्येको एक हो, बारिल झरना । जिल्ला सदरमुकाम नजिकै रहेको यो झरनाका बारेमा सदरमुकामवासी पनि अनभिज्ञ छन । 

जयपृथ्वी नगरपालिका वडा नम्बर ९ को बारिलमा पर्ने झरनाको प्रचार नहुँदा ओझेलमै छ । संघ, प्रदेश र स्थानीय सरकारहरूले पर्यटन विकासको नाममा मन्दीर निमार्ण तथा मर्मतमा करोडौं रकम खर्च गरेका छन ।

तर बाहिरी जिल्लाबाट आउने र छोटो अवधिका लागि बस्ने पर्यटकहरुका लागी भने घुम्ने र हेर्ने ठाउँको अभाव छ । चारैतिर घना जंगल अग्ला अग्ला डाँडा र तिनै डाँडाको मध्ये भाग भएर खस्ने बारील झरना आफैमा निकै मनमोहक छ ।

चराहरुको चिरविर चिरविर आवाज संगै झरनाको मन्द चिसो र आवाजले जो कोहिलाई पनि आर्कषित गर्दछ । प्राकृतिक रूपमा निकै सौन्दर्य बोकेको बारिल झरना करिब ३०० मिटर लम्बाइ रहेको छ ।

यस झरनाको प्रचार प्रसार गर्न सके यस स्थानले लाखौं पर्यटक आकर्षण गर्न सक्ने क्षमता राख्दछ ।

तस्बिर : झलक थापा

Facebook Comment

छुटाउनुभयो कि?