सन्तोष शाह पुन : बिबिसि मास्टर सेफमा देखिने

पर्यटन बजार१ असार २०७८, मंगलवार मा प्रकाशित

सन्तोष शाह पुन : बिबिसि मास्टर सेफमा देखिने

असार १, काठमाडौं। सेलिब्रेटी सेफ सन्तोष शाह पुन : बिबिसि मास्टर सेफमा सहभागी भएका छन् । दर्शकहरुबीच लोकप्रिय बनेका सन्तोष दर्शककै माग अनुसार मास्टर सेफमा फर्किएका हुन् ।

बीबीसीमा सहभागी बन्न उनी लन्डन प्रस्थान गरिसकेका छन् । ३ महिना भन्दा लामो समय नेपालमा प्रभावकारी र प्रेरणादायक बसाई पछि उनी लन्डन फर्किएका छन् ।

बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सहभागी सन्तोष साह उपविजेता बनेका थिए। सन्तोषलाई नेपालमा भव्य स्वागत गरिएको थियो भने नेपाली खानालाई विश्वमा परिचित गराउन आफू दिनरात नभनी लागिपर्ने समेत शाहले बताएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?