आन्तरिक उडान खुला गर्न आयोनको माग

पर्यटन बजार२ असार २०७८, बुधबार मा प्रकाशित

आन्तरिक उडान खुला गर्न आयोनको माग

असार २, काठमाडौं। वायुसेवा सञ्चालक संघ(आयोन)ले कोरोना भाइरस(कोभिड–१९) को संसारभर आन्तरिक उडान बन्द नभएकाले नेपालमा पनि तत्कालै खुला गर्न अनुरोध गरेको छ ।

संघका प्रवक्ता योगराज कँडेलले विज्ञप्ति जारी गरी छिमेकी मुलुक भारतमा समेत आन्तरिक उडान बन्द नभएको र अन्तर्राष्ट्रिय अनुसन्धानहरुले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको भन्दै तत्कालै उडान सुचारु गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

यस अघि पनि संघले पर्यटन मन्त्री उमाशंकर अरगरियालाई पत्र पठाएर असार १ गतेबाट आन्तरिक उडान सुचारु गर्न अनुरोध गरेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?