थप २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पर्यटन बजार६ असार २०७८, आईतवार मा प्रकाशित

थप २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

असार ६, काठमाडौं। पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार संक्रमणदर २१.३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?