थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार७ असार २०७८, सोमबार मा प्रकाशित

थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि

असार ७, काठमाडौं। पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन असार ७, काठमाडौं।परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ र ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?