आजबाट आन्तरिक उडान शुरू , कति छ भाडा?

पर्यटन बजार१७ असार २०७८, बिहीबार मा प्रकाशित

आजबाट आन्तरिक उडान शुरू , कति छ भाडा?

असार १७, काठमाण्डौ। नागरिक उड्डयन प्राधिरकणले आज बिहानबाट आन्तरिक उडान शुरू भएको जनाएको छ। प्राधिकरणका अनुसार आजबाट देशका बिभिन्न शहरमा दैनिक ६४ उडान हुनेछ।

प्राधिरकणले बिहान ६ देखि बेलुकी ६ बजेसम्म उडान तालिका सार्वजनिक गरेको छ। तत्कालका लागि दैनिक ६४ उडान तय भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

अहिले बुद्ध एयरले ३१, यती एयरले १५, श्री एयअरले सात, सौर्य एयअरले तीन, नेपाल एयरले दुई, तारा एयअरले दुई, समिट एयअरले दुई र सीता एयरले दुई उडान गर्नेछन्।

अहिले सबै एयरलाइन्सले ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न लागेको प्रवक्ता क्षेत्रीले जानकारी दिए। आन्तरिक उडानमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि नौ वटा कम्पनीलाई अनुमति दिएको छ। जसमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, टर्किस एयरलाइन्स, जजिरा एयअरलाइन्स, फ्लाइ दुवई एयरलाइन्स, सलाम एयरलाइन्स, एयअरअरविया र एयअर इण्डिया रहेका छन्।

यसअघि पाँच वटा कम्पनीले उडान गर्दै आएका थिए। आजबाट थप चार एयरलाइन्सलाई उडान अनुमति दिइएको हो।

Facebook Comment

छुटाउनुभयो कि?