थप एक हजार ८५७ जनामा कोरोना संक्रमण

पर्यटन बजार१७ असार २०७८, बिहीबार मा प्रकाशित

थप एक हजार ८५७ जनामा कोरोना संक्रमण

असार १७,काठमाडौं। पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, तीनहजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार १७ छ । नेपालमा अहिले ३१ हजार ३६८ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना विरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार १४५ जनाको मृत्यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?