थप २३२८ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

पर्यटन बजार१९ असार २०७८, शनिबार मा प्रकाशित

थप २३२८ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

असार १९, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?