समृद्धितर्फ बाँसबारी सिमसार

पर्यटन बजार१९ असार २०७८, शनिबार मा प्रकाशित

समृद्धितर्फ बाँसबारी सिमसार

असार १९, काठमाण्डौ। झापाको मेचीनगर नगरपालिका –११ को बाँसबारी सिमसार पनि पर्यटकीय स्थलका रूपमा विकास भएको छ । उक्त सिमसारलाई सङ्घीय सरकारले उत्कृष्ट एक सय पर्यटकीय क्षेत्रको सूचीमा समेत समेटेको छ ।

वन समितिका उपभोक्ता, नगरपालिका, पर्यटन मन्त्रालय, साबिक धाइजन गाविसलगायतको आर्थिक सहयोगमा सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाइएको हो । सिमसारमा मासिक १० हजार पर्यटक आउने गरेको वन समितिका अध्यक्ष शम्भु राजवंशी बताउँछन् ।

सिमसारको पोखरीलाई व्यवस्थित गरी बोटिङ गर्न मिल्ने बनाइएको छ । पोखरीमा ट्रस्ट ब्रिज राखिएको छ । फाउन्टेन, शिव मूर्ति, चिडियाखाना र गार्डेन बनाइएका छन् । वरिपरि फलैँचा, सेल्फी हाउस र चिल्ड्रेन पार्क पनि बनाइएको छ ।

सो सिमसारमा एकै पटक १ सय पिकनिक टोली अटाउन सक्ने क्षेत्र पनि रहेको छ । सिमसार क्षेत्रमा व्यवस्थित पार्क, हात्ती, डाइनासोरलगायत विभिन्न जीवजन्तुको मूर्ति राखिएको छ ।

सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गराउँदा वन संरक्षण, उपभोक्तालाई रोजगारी, बाटो, खानेपानी, विद्युतको सुविधा तथा समग्रमा स्थानीय क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?