राजधानीको नजिकको गन्तब्य” नमोबुद्ध”

पर्यटन बजार२० असार २०७८, आईतवार मा प्रकाशित

राजधानीको नजिकको गन्तब्य” नमोबुद्ध”

असार २०, काठमाण्डौ। काभ्रकोको नमोबुद्ध नगरपालिकामा रहेको नमोबुद्ध एक पर्यटकिय गन्तब्य हो।

काठ्माडौ बाट करिब ५५ किलो दुरीमा अरनिको राजमार्ग हुदै काभ्रेको सदरमुकाम धुलिखेलबाट अरनिको राजमार्गलाई छोेडेर वि.पि राजमार्ग हुदै काभ्रे भन्झाङ पुगेपछि वि. पि राजमार्गलाई छोडेर करिव ८ किलोमिटरको यात्रा पश्चात एक रमण्ीय र सुन्दर मनमोहक दृश्यको अवलोकन गदै नमोबुद्ध को यात्रा गर्न सकिन्छ ।

उक्त गाउँ धार्मिक एवम् मनोरम दृश्यले अत्यन्तै महत्वपुर्ण बोकेको क्षेत्र रहेको छ प्राकृतिक सौन्दर्यले सुसज्जित र हिमश्रुङखलाको माला पहिराएर प्रकृतिदेविले स्वागत गरिरहेकी हुन्छिन् ।

प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको यस क्षेत्र स्वच्छ वातावरण , मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटक लाई अत्यन्तै आकर्षित बनाएको छ ।

शान्तीका  दुत गौतम बुद्ध जन्मिएको नेपाल भुमि मा नमोबुद्ध नाम राखि भगवान गौतम बुद्ध मार्फत प्रेरित भएर यस सुन्दर नमोबुद्ध नगरपालिकामा भगवान गौतम बुद्ध को स्मृति र सम्झनामा नमोबुद्ध नाउ नामाकरण गरि भगवान बुद्धको मुर्ति सहित विशाल मन्दिरहरु चैत्य गुम्बा आदि निर्माण भएका छन् ।

बौद्धमार्गीहरुको प्रख्यात र प्रशिद्ध धार्मिक आस्थाको केन्द्रको रुपमा चिनिन्छ  नमोबुद्ध। यस स्थलमा नेवार र तामाङ समुदायले जात्रा मनाउने प्रचलन छ । उक्त जात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरुले र हजारौ दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौ दिप प्रज्वलन गर्ने गर्दछन ।

यस ठाउँ वरिपरी प्राचिन महत्व बोकेका मठ मन्दिरहरु पनि रहेका छन् विशेष गरी यस पुण्य भूमिमा नव वर्ष साथै बुद्ध जयन्ती , कार्तिक पुर्णिमा आदि जस्ता समयमा ठूलो मेला लाग्ने गर्दछ । यस्तो समयमा देश तथा विदेश बाट लाखौ भक्क्तजनहरु आउने गरेको तथ्याङक रहेको पाईन्छ ।

इतिहास र किम्बदन्ती

यस धार्मिक पर्यटकिय स्थल नमोबुद्धको ईतिहास हेर्ने हा भने करिब ६ हज्जार वर्ष पुरानो भईसकेको किवदन्तीमा उल्लेख गरेको पाईन्छ ।

यस नमोबुद्धमा भगवान गौतम बुद्धले अघिल्लो जन्ममा यो क्षेत्र घुम्न आउदा भोकले छट्पटाएको अवस्थामा आफ्नै बच्चा समेत खान लागेको सुत्केरी बघिनिलाई देखेर आफ्नो शरिरको रगत मासु खान दिई बघिनीको प्राण रक्षा गरी आफुले प्राण त्याग गरेको र पुण्य कर्म गरे पश्चात अघिल्लो जन्ममा तपस्विी ज्ञानी र अहिंसा प्रचारको रुपमा जन्मने बरदान पाएको भन्ने किवदन्ती साथै विभिन्न ग्रन्थहरुमा समेत उल्लेख भएको छ ।

नमोबुद्ध धार्मिक हिसाबले मात्र नभई पर्यटकीय रुपले समेत राम्रो गन्तव्य रहेको छ । यस नमोबुद्धमा विभिन्न विशेषताहरु मध्ये पिकनिक स्र्पेाट पनि एक हो । काठमाडौ लगायत अन्य जिल्लाहरु बाट पर्यटकह आएर पिकनिक को मज्जा लिने गरेको पाईन्छ । नव वर्षमा घम्नका लागि अत्यन्तै मात्रामा पर्यटक आउने एक प्रमुख स्थल हो ।

कार्तिक पुर्णिमामा पनि निकै मात्रामा पर्यटक र दर्शनार्थिहरुको घुईचो लाग्ने गर्दछ पुर्णिमाका दिन दर्शनार्थिले भगवान बुद्ध को पुजाआजा गरी जाग्राम बस्ने गर्दछन् साथै आफ्नो पुर्खाको स्मरण गदै बुद्धको शान्ती सन्देशलाई सम्झेर दिप प्रज्वलन गर्ने गरेको पाईन्छ ।

यस कार्तिक पुर्णिमाको २ लिन सम्म लाग्ने मेलामा काभ्रे, सिन्धुलि ,रामेछाप , सिन्धुपाल्चोक , दोलखा , भक्तपुर ,ललितपुर , साथै अन्तराष्ट्रिय मुलुकबाट भारत ,जापान ,श्रीलका , अमेरिका , वेलायत , सिंगापूर लगायत अन्य मुलुक बाट बौद्ध र हिन्दु धर्मावलम्बीको आगमन रहेको पाईन्छ ।

तत्कालिन रुपमा भएका घटनाहरुलाई समेटेर विभिन्न खालका मूर्तिहरु निर्माण गरिएको छ । यदि यस नमोबुद्ध नगरपालिकाले यस विषयलाई ध्यानमा राखेर मध्यनजर गदै यस नमोबुद्ध जाने बाटोलाई निमार्ण गरिदिनु भयो भने पर्यटक साथै पैदल यात्री लाई समेत धैर नै राम्रो हुने थियो ।

Facebook Comment

छुटाउनुभयो कि?