उपत्यकामा हट्यो जोर बिजोर प्रणाली

पर्यटन बजार२० असार २०७८, आईतवार मा प्रकाशित

उपत्यकामा हट्यो जोर बिजोर प्रणाली

 असार २०, काठमाण्डौ। उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

जोर विजोर प्रणाली अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?