पर्यटक प्रहरी प्रमुखमा डिएसपी पाण्डे

पर्यटन बजार२३ असार २०७८, बुधबार मा प्रकाशित

पर्यटक प्रहरी प्रमुखमा डिएसपी पाण्डे

असार २३ ,काठमाडौं । पर्यटक प्रहरी इकाई पर्यटन बोर्ड भृकुटीमण्डपमा डिएसपी टर्क राज पाण्डेले पदभार ग्रहण गरेका छन् । सोमबार पर्यटक प्रहरीहरुले डिएसपी पाण्डेलाई स्वागत गरेका थिए ।

पर्यटक प्रहरीले पर्यटकको सुरक्षा, पर्यटकको महत्वपूर्ण कागजात हराएमा खोजिगरी हस्तान्तरण गर्ने, पर्यटकीय स्थलमा सुरक्षा दिनुको साथै पर्यटनसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने गरेका छन् ।

अहिले भने कोभिडका कारण पर्यटक नआएकाले पर्यटक प्रहरीले आन्तरिक क्षमताअभिवृद्धिको साथै अन्य व्यवस्थापिक कार्य गरिरहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?