फास्टफुड, रेष्टुराँ खुलाउन एसोसिएसन को माग

पर्यटन बजार२५ असार २०७८, शुक्रबार मा प्रकाशित

फास्टफुड, रेष्टुराँ खुलाउन एसोसिएसन को माग

असार २५, काठमाण्डौ। फास्टफुड एसोसियसन नेपालले फास्टफुड, रेस्टुराँ तथा पार्टी प्यालेस पूर्णरुपमा सञ्चालन गर्न पाउनु पर्ने माग राखेको छ ।

एसोसियसनले बिहीबार काठमाडौं, ललितपुर तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु समक्ष फास्टफुड, रेस्टुराँ तथा पार्टी प्यालेस पूर्णरुपमा सञ्चालन गर्न पाउनु पर्ने माग राखेको हो ।

एसोसियसनका केन्द्रीय सदस्य राकेश श्रेष्ठका अनुसार उनीहरुले तीन वटै जिललाका सिडियोहरुलाई फास्टफुड, रेस्टुराँ र पार्टी प्यालेस बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म खोल्न दिन वातावरण बनाउन ध्यानाकर्षण गराइएको बताएका छन् ।

लामो समयदेखि जारी निषेधाज्ञाका कारण फास्टफुड, रेस्टुराँ तथा पार्टी प्यालेसको अवस्था दयनीय छ ।

एसोसिएनले कि त पूर्ण लकडाउन गर्न अथवा कुनै क्षेत्र खुलाउने, कुनै नखुलाउने विभेदपूर्ण निर्णय नगर्न आग्रह गरेको छ ।

एसोसिएनले चाँडै नै फास्टफुड, रेस्टुराँ तथा पार्टी प्यालेसहरु पूर्णरुपमा सञ्चालनको व्यवस्था गर्ने आश्वासन पाएको जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?