विश्वको सबैभन्दा उचाइ कालापत्थरमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ शो हुने

पर्यटन बजार५ श्रावण २०७८, मंगलवार मा प्रकाशित

विश्वको सबैभन्दा उचाइ कालापत्थरमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ शो हुने

साउन ५, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा अग्लो स्थानमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दास्रो संस्करण आयोजना हुने भएको छ । नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०७८ असोज ६ गते ( २२ सेप्टेम्बर २०२१) मा सगमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ ।

के फिल्म्स र एमई टू फिल्म्स्को सहकार्यममा कार्यक्रम आयोजना हुनेछ । ‘फेशन रन वे’ को पहिलो संस्करण गतवर्ष २०७६ पुस-माघमा आयोजना भएको थियो । अघिल्लो पटक आयोजित यो कार्यक्रमले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो ।

यो वर्ष पनि कार्यक्रमलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ मा दर्ज गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउनेछन् ।

कार्यक्रमको दोस्रो संस्करणबारे बोल्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले यो कार्यक्रमले नेपालको पर्वतीय पर्यटनमा नयाँ आयान थप्ने बताए । उनले विश्व समुदायले नेपाललाई मौषमी (सिजनल) पर्यटकीय गन्तव्यका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए ।

कोरोना महामारीका कारण ठप्प भएको पर्यटकीय गतिविधिलाई अवस्था सहज भएपछि बोर्डले प्रवद्र्धनका अन्य कामलाई पनि निरनतरता दिने जानकारी दिए ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ता विश्वकै सबैभन्दा अग्लो उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई बढोत्तरी दिने र विश्वको ध्यान खिच्ने बताउँछन् ।
भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटी शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले कार्यक्रमको निर्देशन गर्नेछन् ।

Facebook Comment

छुटाउनुभयो कि?