युवापुस्ताको आकर्षणको केन्द्र , झोर झरना

पर्यटन बजार६ श्रावण २०७८, बुधबार मा प्रकाशित

युवापुस्ताको आकर्षणको केन्द्र , झोर झरना

साउन ६ ,काठमाडौँ।  झोर झरना काठमाडौँको चर्चित झरनामध्ये एक हो । टोखाको महाकालस्थित झरना बर्खा सुरु हुनासाथ  व्यस्त बन्ने गरेको छ।  युवापुस्ता माझ निकै लोकप्रिय रहेको यस झरनाको मजा  लिनलाई महामारीको रूपमा फैलिएको कोरोनाले पनि रोक्न सकेको छैन। 


अझ गर्मी मौसममा यहाँ धेरै भीड देख्न पाइन्छ ।  चक्रपथबाट ११ किलोमिटर टाढा रहेको यो झरनाको मुख्य स्रोत भनेको  शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी  हो । धार्मिक दृष्टिकोणले पनि यो झरनाको चर्चा हुने गर्छ । यहाँ रहेको भगवान् शिवको मन्दिरमा मानिसहरूको घुइँचो लाग्ने गर्छ ।

Facebook Comment

छुटाउनुभयो कि?