दिगो पर्यटन : भ्रम र यथार्थ

पर्यटन बजार१४ श्रावण २०७८, बिहीबार मा प्रकाशित

दिगो पर्यटन : भ्रम र यथार्थ

साउन १४, काठमाडौँ। विश्वमा करिब २०० वटा देशहरू रहेका छन् , ती देशहरू आफ्नै स्रोतसाधन , सुन्दरता , खानी , जैविक विविधता , भाषा , कला संस्कृति , धर्म र फरक भेषभुषाले भरिएका छन्। कतिपय देशहरू समुन्द्र र टापुका कारण विश्वमा राज गरिरहेका छन् त कतिपय देशहरू हिमाल र प्राकृतिक सुन्दरतालाई  उजागर गर्दै पर्यटक भित्र्याउनमा व्यस्त देखिन्छन्।

केही देशहरू सुन , फलाम , तेल , कोइलाका कारण पनि आफ्नो उत्पादन बढाएर विश्वमै धनि देशको रूपमा गनिन्छ। आज हामीले प्रस्तुत गरेका छौँ यी १२ देशको रेकर्ड जसले संसारभरिका मानिसलाई आफ्नो देशमा घुम्न बाध्य पारेका छन्। 

यी मध्ये १२ वटा त युरोपियन देशहरू मात्र छन्। बाँकी ८ वटा बिश्व मध्येबाट ! यसबाट  पनि के बुझ्न सकिन्छ भने युरोपियनले विश्वका अन्य देशमा भ्रमणमा खर्च गर्दैन कि अन्य देशकाले युरोपमा ! युएनडब्लुटिओ को रिपोर्ट अनुसार अन्तिमबाट पहिलोसम्म क्रमशः  


२०। नेदरल्याण्ड – १९ मिलियन भिजिटर 

१९।  पोल्यान्ड – १९। ६ मिलियन

 १८।  क्यानडा – २१। १ मिलियन

 १७। पोर्चुगल  – २२। ८ मिलियन 

१६ , रसिया – २४। ५ मिलियन

 १५।  मलेसिया – २५। ८ मिलियन

 १४। हङकङ- २९। २ मिलियन 

१३। ग्रिस – २०.  मिलियन

 १२।  अस्ट्रिया – ३०.८ मिलियन 

११। जापान – ३१।  १ मिलियन 

१०।  युके – ३६। ३ मिलियन 

९।  थाइल्यान्ड -३८। २ मिलियन 

८।  जर्मनी – ३८। ८ मिलियन

 ७।  मेक्सिको – ४१. ४ मिलियन

 ६।  टर्की – ४५। ७ मिलियन

 ५।  इटाली – ६२। १ मिलियन 

४।  चाइना – ६२। ९ मिलियन 

३।  अमेरिका – ७९। ६ मिलियन 

२।  स्पेन  – ८२। ७ मिलियन 

१ । फ्रान्स – ८९। ४ मिलियन 


यस बाट के बुझिन्छ ?

हुन् त हामी जस्ताले बुझ्नु नै के छ र ! अनि बुझे र पो के हुन्छ र ?

यदि सुध्रन चाहेनौँ भने। 

नेपालको मुख्य उद्यम कृषि , जलस्रोत र पर्यटन भन्न र लेख्न पनि कति वर्ष भयो भन्नेलाई नै थाहा छैन होला भने सुन्नेलाई के थाहा होला  ! लगभग ५० अर्बको दलहन र २५ अर्बको चामल आयात गर्ने देश हो नेपाल !  मार्बल , फर्निचर र तरकारीको त कुरै छोडौँ।  अनि गाडी कारखाना र क्रिकेट स्टेडियमको हाम्रा गफ “गफै त हो नि सम्धी झैँ” भएका छन्। जलस्रोत को पनि कुरा छाडौँ  बिजुलीको लागि उल्टै अझै सम्म हामी भारतमा निर्भर छौँ।  सिँचाइ  हेर्न कोसौँ  दूर पुग्नुपर्छ र त कृषिको हालत खडेरीको मकै जस्तो भएको छ। 

अब रह्यो पर्यटकको  कुरा, वार्षिक कति पर्यटक नेपाल आउलान्  अर्थात् २०१९ मा नेपालमा पर्यटकको आगमनको उत्तर सुन्दा नेपाल पनि कुनै पर्यटकको लक्ष्य नै हाम्रो लागि “आकाशको फल आँखा तरी मर” जस्तो भएको छ। अझै पनि एक मिलियनको सङ्ख्यामा हामी हाम्रा “गफका उद्यम ” चलाइरहेका छौँ  र त्यसमै रमाईरहेका छौँ।  दर्जनौं अझै सयौँ सङ्घसङ्गठन चलाइरहेका  छौँ।  हजारौँ नेता , कार्यकर्ता जन्माईरहेका छौँ  र आफूले नै नेपालको पर्यटन उद्यम धानेको धाकैधाक लगाइरहेका छौँ। 

नेपाल साँच्चिकै पर्यटकीय देश बन्ने आधारहरू यस्ता छन् :-

-दुई ठुला र इमर्जिङ छिमेकी राष्ट्रसंग अत्यन्तै सुमधुर सम्बन्ध

 – विश्व जनसङ्ख्याको लगभग ४० प्रतिशत नेपालको छिमेकी देशमा हुनु

 – हिन्दुका अराध्यदेब नेपालमा र दक्षिण  छिमेकमा अरब भन्दा बढी हिन्दु हुनु

– गौतमबुद्धको जन्म ,मृत्यु नेपाल र उत्तरका अरब भन्दा बढी बौद्ध मार्गी जनता हुनु

– अत्यन्तै सुन्दर , भौगोलिक अवस्था , ऐतिहासिक , संस्कृति र परम्परा 

– भौगोलिक र जैविक विविधता , तराई , पहाड र हिमालको संयोजन

 – विश्वमै दुर्लभ मानिने प्राकृतिक सौन्दर्यता ,स्थल र गन्तव्य 

– फेरिएको घुमघाम गर्ने संस्कृति , ट्रेन्ड  र नेपाली पर्यटनमैत्री जीवनशैली

 – नेपाल प्रतिको विश्व जगत, धारणा र सगरमाथाको देश आदि।

के संसारका कुनै पनि राष्ट्रको यति धेरै आधारहरू छन् पर्यटकका लागि ? तैपनि हाम्रो हालत किन यस्तो ?

आज सम्मको हाम्रो ताल हेर्दा निर्ममतापूर्वक भन्नै पर्ने हुन्छ, हाम्रो पर्यटन उद्यम भगवान् पशुपतिनाथको भरले त चलेको होइन ?


के हो त हाम्रो मूल समस्या ?

१।  सरकारी निकायका बिचमै समन्वय नहुनु र बजेटको अभाव 

 २।  समय सापेक्ष ऐन  कानुन र कार्यविधि नहुनु

 ३।  परम्परागत जनशक्ति  , ब्राण्डीङ्ग र मार्केटिङ 

४।  निश्चित प्याकेज , गन्तव्य र इभेन्टलाई केन्द्रित गर्न नसक्नु 

५। पर्यटनको क्षेत्रमा ज्यादा राजनीतिकरण र कम  व्यवसायीकरण हुनु

 ६।  साधन , स्रोतको प्रभावकारी परिचालन भन्दा वितरण मुखी र चर्चाको लागी कार्य हुनु 

७। अनुत्पादक र कतिपय अवस्थामा प्रत्युत्पादक क्षेत्रमा लगानी र प्रवर्द्धन

 ८।  गन्तव्य चयन , प्रडक्ट  निर्माण र बजारीकरण मा असन्तुलन

 ९। प्रतिस्पर्धी आधुनिक र समय सापेक्ष जनशक्तिको अभाव

 १०। स्टेक होल्डरको बिचमा सहकार्यको अभाव र पहिचान मै त्रुटि , कमजोरी

 ११।  पर्यटनको विविधीकरण नहुनु र रणनीति योजनाको अभाव

 १२।  प्रभावकारी देश , क्षेत्र , समुदायमा बजारीकरणको अभाव

 १३।  दिगो गुणस्तरीय  र दीर्घकालीन प्रडक्ट / इभेन्ट / गन्तव्यमा समस्या

 १४।  प्राकृतिक , प्राविधिक र राजनीतिक कारणहरू , आदी।

केही तत्कालीन कार्य सुधारका लागी :

  • एकीकृत नीति र रणनीति
  • स्टेकहोल्डर बिचमा सहकार्य र तिनको कुशल परिचालन
  • वाटर , अल्पाइन र स्पोर्ट्स टुरिजममा  केन्द्रित हुने
  • अन्तर सरकारी समन्वय
  • बजेट , बजारीकरण र व्यवस्थापनमा एकदर
  • जनशक्तिको समुचित परिचालन , चीन र भारत केन्द्रित अभियान 
  • सडक , यातायात र विमानस्थलको सुधार
  • अध्ययन , अनुसन्धान , प्रभावकारी सञ्चार 

यी र यस्तै यस्तै समन्वय र तत्कालीन सुधारका कार्यले मात्र पनि केही सकारात्मक सुधार ल्याउन सकिन्छ। सरकारको साँच्चै  विश्वमा पर्यटन उद्यम हो भने पर्यटन बोर्डलाई आधुनिकीकरणको आवश्यकता पनि देखिन्छ।

अर्कोतर्फ नेपाल जलस्रोतको दोस्रो धनी देश हो भने खोइ त हामीले पानी जन्य पर्यटनलाई ध्यान दिएको।  नेपालको हजारौँ ताल तलैया , नदी , खोला  र झरना  अन्तरिम तथा बाह्य पर्यटकलाई मुख्य गन्तव्य बन्न सक्छन।  मात्र हामीले केही समय सामान्य तयारी गरेमा पुग्छ ।  खासगरी सहरी बासिन्दा र अझै तराइमा भारतीय पर्यटकका लागी  “वाटर स्पोर्ट्स टुरिजम” मुख्य गन्तव्य बन्न सक्छ। त्यसैगरी हिमालै हिमालको देश नेपालको अल्पाइन  देशको कति गन्तव्य र प्रडक्ट मार्केटिङ छ त ?

हिमाल आरोहण बाहेक  , मास बेस पर्यटनलाई पनि ध्यान दिने की ! विश्वव्यापी रूपमा  हिमालय क्षेत्रमा अबको पर्यटकको  ट्रेन्ड पनि अल्पाइन र एडभेन्चर केन्द्रित बन्दै गएको देखिन्छ।  त्यसो हो भने  चिसो मौसम ३/४ महिना स्वदेशी तथा विदेशी पर्यटकलाई बेसी र सहर झार्ने होइन कि हिमाली क्षेत्रमा आकर्षण गर्ने प्याकेज र परियोजना चलाए कसो होला ?

तिन /चार महिना बर्षात,तिन /चार महिना जाडो र हिउँ अनि तिन /चार महिनाको पर्यटनले वर्षभरि कसरी धानिन्छ र ! यसमाथि भुकम्पले थला परेको क्षेत्रलाई कोरोनाले  कक्रक्कै पारेको छ।  तसर्थ पनि अब अफसिजन टुरिजमको विकल्प देखिन्न।  सेवामा एकरूपता, गुणस्तरीयता र महँगी नियन्त्रण पनि हालको पर्यटनलाई  प्रभाव पार्ने तत्त्व हुन्। 

मैले यहाँ ठुला ठुला एयरपोर्ट , होटेल र पूर्वाधारको कुरा किन गरिन भने, भएकै पूर्वाधार,  साधन र स्रोतलाई परिचालन गर्न सकेको /जानेको भए त्यति  सुन्दर सुदूरपश्चिम र शुक्लाफाँटामा वार्षिकतिन /चार हजार मात्र विदेशी पर्यटक मात्र आउंथे र !

ड्राइभ टुरिजम र टु  व्हिल टुरिजम ,कर्मचारी भ्रमण , हिन्दु र बौद्ध मार्गीको  धार्मिक पर्यटनको लागी  रणनीतिक योजना बढाउने कि ? जाँदा जाँदै एउटा प्रश्न मनमा , विदेशी पर्यटकले नेपालमा र नेपालीले विदेशमा गर्ने खर्च कुन बढी होला ?

लेखक गोबिन्द भट्टराई राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडेरेसन का अध्यक्ष हुन्।

Facebook Comment

छुटाउनुभयो कि?