मोक्सी होटलको नेपाल इन्ट्री

पर्यटन बजार१४ श्रावण २०७८, बिहीबार मा प्रकाशित

मोक्सी होटलको नेपाल इन्ट्री

साउन १४ ,काठमाडौं । मोक्सी होटल ब्राण्डलाई काठमाडौंमा भित्राउन मेरियट इन्टरनेसनल र इन्टरनेसनल हिमालय हस्पिटालिटी एण्ड होटलबीच सम्झौता भएका छ । सो होटल २०२५ सम्ममा काठमाडौंमा उद्घाटन हुने आशा गरिएको छ ।

मोक्सी होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिक अवस्थित हुने र त्यसमा १ सय ८ वटा स्मार्ट र स्टाइलिस बेडरुम हुने बताइएको छ ।

मोक्जी होटललाई ब्राण्डलाई नेपाल ल्याउनका निम्ति इन्टरनेसनल हिमालय हस्पिटालिटी तथा होटलसँग सहकार्य गर्नमा आफूहरु एकदमै उत्साहित भएको मेरियट इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निरज गोभिलले बताएका छन् ।

इन्टरनेसनल हिमालय हस्पिटालिटी एण्ड होटल काठमाडौंस्थित एमएस ग्रुपको सब्सिडेरी हो ।

Facebook Comment

छुटाउनुभयो कि?