जाली पासपोर्ट प्रकरण : पक्राउ परेका बिदेशी नागरिकको पहिचान खुल्यो

पर्यटन बजार१५ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

जाली पासपोर्ट प्रकरण : पक्राउ परेका बिदेशी नागरिकको पहिचान खुल्यो

साउन १५, काठमाडौँ। जाली पासपोर्ट प्रयोग गरेर नेपालमा बसोबास गर्दै आएका फ्रेन्च नागरिकको पहिचान खुलेको छ। फ्रेन्च नागरिक माकालौ मामाडौको पासपोर्ट पर्योग गरि नेपाल बस्दै आएका उनी सेनेगलका नागरिक भएको पर्यटक प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी गराए।

“थप अनुसन्धानका लागी हामीले अध्यागमन बिभाग पठाएका थियौं ,सोहिक्रममा उनि सेनेगलका नागरिक रहेको र उनले प्रयोग गरेको पासपोर्ट एक अपराधी रहेको खुल्न आएको छ ” डिएसपी पाण्डेले भने। डायल्लो एब्ड्रमेन नाम गरेका सेनेगलका नागरिकलाई हाल पुर्पक्षको लागी कारागार कार्यालय जग्गनाथदेवलमा थुनामा राख्नको लागी पठाईएको छ ।

पर्यटक प्रहरी कार्यालय भृकुटी मण्डपले उनलाई असार २७ गते होटलबाट नियन्त्रणमा लिएको थियो । भारतीय नाकाबाट नेपाल प्रवेश गरेर लुकिछिपी होटेल परिवर्तन गर्दै नेपालमा बसिरहेकै अवस्थामा होटल मालिकलाई उनको क्रियाकलाप माथि शंका लागेपछि पर्यटक प्रहरीलाई खबर गरेका थिए।

चेकजाँचको क्रममा उक्त व्यक्ति २०२१ जुलाई १ मा गैर कानुनी रूपमा बिना भिसा नेपाल प्रवेश गरी बसोबास गर्दै आइरहेका थिए भने उनि जुलाई ७ मा होटल आइपुगेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?