टानको बर्बादीको कारण “टिम्स” – व्यवसायी थापा

पर्यटन बजार१६ श्रावण २०७८, शनिबार मा प्रकाशित

टानको बर्बादीको कारण “टिम्स” – व्यवसायी थापा

साउन १६, काठमाडौं। पर्यटन व्यवसायी कुमार थापाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाललाई सबै मिलेर बचाउन आग्रह गरेका छन्। शुक्रबार राजश्व विभागले टानमा छापा मारेसँगै व्यवसायी थापाले समाजिक सञ्जाल मार्फत सबै व्यवसायी ले एकजुट भएर टानको अस्तित्व जोगाउनु पर्ने बताएका हुन् ।

लामो समयदेखि अग्रजले जोगाइराखेको टानलाई टिम्सले दिनप्रतिदिन उधोगती तर्फ धकेलेको बताउँदै उनले हालको कार्यसमितिले अहिलेको अवस्थालाई सार्वजनिक गरेर समस्याको समधानतर्फ उन्मुख हुन समेत सुझाव दिएका छन्।

हालको कार्यसमितिमा व्यवसायी थापा समेत अध्यक्ष पदमा उम्मेद्वार बनेका थिए , हेर्नुहोस् थापाको स्ट्याटस जस्ताको तस्तै:

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल ( टान) पदयात्रा ब्यबसायिहरुको छाता संगठन हो ।पदयात्रा ब्यबसायिको पिरमर्का  बुझ्न सरकारसंग निति निर्माण कार्यमा सकारात्मक पहल कदमी गर्ने र नेपालको पदयात्रा पर्यटनलाई राष्ट्रीय र अन्तराष्ट्रीय रुपमा प्रचार प्रसार गर्ने यसको उदेश्य हो।हाम्रा अग्रजहरुले बिभिन्न बाधा ब्यबधान बिच अत्यन्तै न्युन श्रोत र साधन भयको बेला आफैले मेहनत गरि खल्तिबाट रकम दिएर लोसार तथा बिभिन्न कार्यक्रम गरि केहि पैसा सञ्चय गरि त्यो संस्थालाई यो स्थानमा पुर्याउनु भएको हो।बिभिन्न कालखण्ड र परिवेस पार गर्दै बिभिन्न उतार चढाब बिच यहांसम्म आईपुग्दा आज टान दिन दिनै उधोगति तिर लागेको कसैबाट छिपेको छैन।पदयात्रा ब्यबसाय मर्यादित गर्न र मजदुरलाई पर्ने आपतकालिन उद्दार औषधि उपचार मृत्यु भएमा दिने क्षतिपूर्ति र यावत बिषय समाधान गर्न ट्रेकिङ ईन्फरमेसन म्यानेजमेन्ट सिस्टम(TIMS)ल्याईयो।जब TIMS टानमा भित्रियो त्यो दिनदेखि टानको दुर्गति सुरु भयो। बिभिन्न राजनितिक पार्टिको आडमा ब्यबसायमा रौनक नभएका ब्यक्तिहरु बिच नेतृत्व हत्याऊन तछाड मछाड भयो। पार्टि संगठन बनाएर ताला चाबी समाएका ति गैह्र ब्यबसायि राजनितिक अभीष्ट पुरा गर्नकै निम्ति साम ,दाम ,दण्ड, भेद लगाएर टानको नेतृत्व लिन सफल भए फलत: आफनै निकट र निर्बाचन क्षेत्र र आफु निकट ब्यक्ति र संस्थामा टिम्स मार्फतको रकम बाढने कुकर्म सुरु भयो।संस्थालाई चरम दुरुपयोग गर्दै आफनो ब्यक्तिगत स्वार्थ पुर्ति गर्नतिर लागे।बेथितिको पराकाष्टा रहेरो पर्यटन बोर्डमा (NTB)आन्दोलन सुरु भयो र छानबिन कमिटी बन्यो। बोर्डमा भएको चरम अनियमितता र टानमा भएको बेरुजुको सबै बिबरण छानबिन समितिले निकाल्यो मुद्दा चल्दै गर्दा बोर्डका केहि ब्यक्ति नसीहत स्वरुप बर्खास्त भए भने अधिकांश अदालतको आदेश र सफाईबाट पुर्ननियुक्ति भए।फलत: बोर्ड पुरानै ढंगले गयो भने त्यसको सुकेलुतो टानमा सल्कियो अख़्तियार,राजस्व अनुसन्धान CIB के के हो के के भएजति टानमा लाग्यो त्यसको पछिल्लो संस्करण हिजो राजस्वको टानमा छापा लाई लिन सकिन्छ। बिभिन्न घटनाक्रम बाट थिलो थिलो भएको टान अब सबै मिलेर समस्याको दिगो समाधान गर्न तिर नलाग्ने हो भने टान अब ईतिहास मात्र हुनेछ।एक पक्षले आरोप मात्र लगाउने अर्को पक्ष ढाकछोप मात्र गरेर बस्ने हो भने यसले क्यान्सरको रुपमा भित्र भित्रै कुहियर अबसान हुनेछ।तसर्थ सबैले म – म भनेर आत्म समिक्षा गर्दै गल्ति कमजोरी समिक्षा गर्दै समस्याको समाधान गर्न तिर लागौं। अहिलेको नेतृत्व सत्यतथ्य सबै बाहिर ल्याएर समस्याको दिगो समाधान गर्नको लागि कार्यदल गठन गरोस ? बिडम्बना निर्वाचन सकिएको दुई बर्ष हुन लाग्दा एउटा साधारण सभा समेत गर्ने नसक्ने टानको बर्तमान नेतृत्व कानमा तेल हालेर बसेको सबैलाई अवगतै छ। दिगो सहकार्य र टानलाई सबल संस्था बनाउने हो भने अब सबैले मिलेर दृढ़ संकल्प गर्न आवस्यक छ नत्र गिद्दले सिने लुछाचुडि गरेझै नेतृत्व हत्याउन मात्र अनेक प्रपंच रच्ने निर्बाचन जितेपछि फोटो टांसेर सुतेर बस्ने तथा समस्याको समाधान गर्न  नसक्ने हो भने आउदो पिढिले धिकार्ने छ।

Facebook Comment

छुटाउनुभयो कि?