कसरी पुग्ने भाइरल स्थान गुण्डु ?

पर्यटन बजार१९ श्रावण २०७८, मंगलवार मा प्रकाशित

कसरी पुग्ने भाइरल स्थान गुण्डु ?

साउन १९,काठमाडौँ।  हाल भक्तपुरको सूर्य विनायक मा अवस्थित गुण्डु चर्चामा आएको छ । ठुलो हरियाली चौर, फरक आकारको रूख र सेनाले तालिम गर्न राखेको प्लेन ले  हजारौँ आन्तरिक पर्यटक को मन जितेको छ ।

ठुलो चौर मा ड्राई पिकनिक खाने देखि आफू सँगै आफ्ना बालबच्चा लाई फ्रेस बनाउन आउने जोडीको पनि उल्लेखनीय उपस्थिति रहने गर्छ गुण्डु मा । 

यस अघि कसैको नजरमा पर्न नसकेको गुण्डु को उक्त चौर अहिले आएर टिकटकमा आएका विभिन्न भिडियो का कारण रातारात चर्चा मा आएको हो ।

अचानक भाइरल बनेको यस स्थानमा रहेको प्लेन को एकदमै दुरुप्रयोग भएको एक स्थानीयले बताएका छन् । यसरी नै मानिसहरू आएर जवरजस्ती प्लेन मा चढेर हो हल्ला गर्दा केही समयमा प्लेन को अस्तित्व नै हराउन सक्ने उनले चिन्ता समेत व्यक्त गरेका छन् ।

त्यसै गरी यस स्थान को सरसफाइ का लागि हाम्रो नेपाल परिवार सरसफाइ अभियानले काम गरिरहेको छ । खाली बोतल, चिप्स का खोल लाई डस्टिबन मै फाल्न उक्त अभियान टिमले आग्रह गर्दै गुण्डु लाई सफा राख्न अनुरोध गरिरहेको देख्न सकिन्छ ।

कसरी पुग्ने ?

गुण्डु को यस चौरमा पुग्न सुरुमा सूर्य विनायक सम्मको यात्रा तय गर्नुपर्ने हुन्छ । सूर्य विनायक चोक बाट दाहिने पट्टीको मोड समाएर ५ किलो मिटर को यात्रा गरेपछि पुग्न सकिन्छ गणेश मन्दिर। धेरै मानिसहरू यहाँ पुगेपछि दोधार मा परेर गलत स्थान मा पुग्ने गर्दछन्।  

गणेश मन्दिर पुगेपछि एउटा बाटो बायाँ तर्फको बाटो पाइलट बाबा तर्फ जान्छ भने दायाँ तर्फ को बाटो ले गुण्डु को चौर पुर्‍याउँछ । दायाँ तर्फ मोडिदा फेरि २ वटा बाटो देखिन्छ जसमा ठाडो उकालो बाटो तपाईँले रोज्नुपर्ने छ । बाइक , गाडी गणेश मन्दिर मै राखेर ३ किलो मिटरको यात्रा हाइकिङ गर्न समेत सकिन्छ भने हिँड्न नचाहने को लागि चौर सम्म नै बाटो को सुविधा छ ।

Facebook Comment

छुटाउनुभयो कि?