पर्यटक पर्खदै ‘द क्लिफ’ !

पर्यटन बजार२० श्रावण २०७८, बुधबार मा प्रकाशित

पर्यटक पर्खदै ‘द क्लिफ’ !

साउन २०, काठमाडौँ। कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुस्मा–बाग्लुङ्गको बन्जी पुल ‘द क्लिफ’ कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ । विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो ।

कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पखाइमा छ ।

Facebook Comment

छुटाउनुभयो कि?