सिन्धुपाल्चोकका गन्तव्यहरू अझै छायामा पर्न दिँदैनौ – लिलाधर भण्डारी 

पर्यटन बजार२० श्रावण २०७८, बुधबार मा प्रकाशित

सिन्धुपाल्चोकका गन्तव्यहरू अझै छायामा पर्न दिँदैनौ – लिलाधर भण्डारी 

साउन २०, काठमाडौँ । नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्न सिन्धुपाल्चोक जिल्लाका सबै स्थानीय निकायलाई पर्यटन सँग जोड्ने उद्देश्यले सिन्धुपाल्चोक पर्यटन विकास परिस्द भन्ने सङ्गठनको परिकल्पना भएको छ।  यस सिन्धुपाल्चोक पर्यटन विकास परिसदका अध्यक्षको रूपमा प्रस्तावित लिलाधर भण्डारीसँग पर्यटन बजारले गरेको कुराकानी ।

सिन्धुपाल्चोक पर्यटन प्रवर्धन परिसदको गठन गर्नुभएको छ, यसको मुख्य उद्देश्य के के होला ?

सिन्धुपाल्चोक काठमाडौँ जिल्ला सँग जोडिएको जिल्ला हो, पर्यटकीय दृष्टिकोणले विभिन्न सम्भावनाहरू बोकेको जिल्ला हुँदा हुदैँ पनि पर्यटन व्यवसायको हिसाबले धेरै पछाडि परेको जिल्लाका रूपमा हेरिन्छ।  यही कुरालाई आत्मसाथ गर्दै सिन्धुपाल्चोक जिल्लामा जन्मेर हाल देश र विदेशमा रहेर पर्यटन व्यवसाय गरिरहनु भएका पर्यटन व्यवसायीहरूको प्रयासमा यो  सिन्धुपाल्चोक पर्यटन  विकाश परिसदको सुरुवात गरेको छौ।

सिन्धुपाल्चोक प्रवर्द्धन गर्नको लागे कस्तो कस्तो योजनाहरू बनाउनु भएको छ ?

सिन्धुपाल्चोकमा थुप्रै यस्ता स्थानहरू छन् जसको धार्मिक र प्राकृतिक महत्त्व भईकन पनि प्रचारप्रसारमा आएका छैनन् सुरुमा हामीले यी स्थानहरूको पहिचान गरेर त्यसलाई सूचीकृत गर्ने र सम्भाव्यताहरू अध्ययन गरेर हामी हाम्रो कदम अगाडि बढाउँछौ। 

जसमा धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा साहसिक गतिविधिहरू के के छन्, विधाहरू के के हुन सक्छन् पहिचान गरेपछि यसलाई समग्र रूपमा एकत्रित गरेर विधाअनुसार पर्यटन सँग के के जोडन सकिन्छ जोड्दै अगाडि बढ्ने योजना छ।  यसमध्ये केही विधाहरू आंशिक रूपमा कार्यान्वयनमा आएको भए पनि पूर्ण रूपमा प्रचारप्रसार हुन सकेका छैनन्। 

जस्तो सिन्धुपाल्चोकमा धेरै पहिला ट्रेकिङको सुरुवात भएको हो। जस्तै तेन्जिङ हिलारी पदमार्गले पनि सिन्धुपाल्चोकलाई छोएको छ । सुरुवात राम्रो भए पनि झन् समय सँगै आउने यात्रु हरूको सङ्ख्या झाँगिनु पर्नेमा पलायन हुँदै गयो करिब ४० वर्ष पहिला विदेशी पर्यटकहरू सिन्धुपाल्चोकका गाउँहरू घुम्न आउँदथे हाल त्यो पनि हराएको अवस्था छ। यो परिषद् हामी व्यवसायीहरू एक्लैको प्रयासले भन्दा पनि सबै १२ वटा स्थानीय निकायलाई सिन्धुपाल्चोक पर्यटन प्रवर्द्धन परिस् सँग जोडेर एउटा साझा संस्थाको रूपमा विकाश गर्नेछौ।

काठमाडौँबाट नजिकैको गन्तव्यमा परे पनि सिन्धुपाल्चोक जिल्ला पछाडि पर्नुको कारण के होला ?

सुरु देखिनै हाम्रो देशमा पर्यटनलाई विश्व बजारमा कसरी लैजाने भन्ने कुराको रोड  म्याप बनेन। नेपालका दुई चार ओटा हिमालको नाम मात्र सुन्थे विदेशी त्यसैले जति पनि पर्यटकहरू नेपाल आए उनीहरू हिमाल हेर्न आए।  सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे, कञ्चनजङ्घा आदि हिमालहरू। 

सुरुवातमा यी स्थानहरुनै पर्यटकीय गन्तव्य हो भनेर देखाइयो र यसैको फेदीमा परेका  केही गाउँ, र बाटो पर्ने स्थानहरू मात्र पर्यटक सँग जोडिए।  त्यो पनि नेपाल सरकारको प्लान बिना नै विदेशी पर्यटकहरूले हेर्न आइदिएको भरमा। स्थानीय निकाय अलिकति सजग भएको कारणले हैन यसलाई त व्यवसाय बनाउन सकिन्छ कि भनेर आफ्नो रोजो रोटी चलाउनको लागि आफै जागरूक भएर सुरु भएको व्यवसाय हो।

पर्यटन व्यवसाय नेपाल सरकारको प्राथमिकतामा कहिल्यै परेन, राजनीतिक भागबन्डा मिलाउनको लागि कुनै अमुक नेतालाई मन्त्री बनाइ दिनु पर्ने भएका त्यस्ता व्यक्ति पर्यटन मन्त्रीको रूपमा आउँछन् । तिनीहरूको पनि प्राथमिकता पर्यटन प्रवर्द्धन गर्ने भन्दा पनि सजिलो सँग अर्थ आर्जन कसरी हुन्छ त्यतै तिर ध्यान जाने कुरा कसैको अगाडि छिपेको छैन ।

यावत कारणले गर्दा नै नेपाल विश्व पर्यटन बजारमा नेपाल प्रमुख गन्तव्य हुन सकिरहेको छैन।  नेपाल सरकारले सबै सम्भावना र विविधतालाई बराबर महत्त्व दिन्थ्यो भने सिन्धुपाल्चोक अहिले बत्तीमुनिको अँध्यारो हुने थिएन पर्यटकीय दृष्टिकोणले ।

विभिन्न सङ्घसंस्था, सरकार, स्थानीय सरकार, केन्द्रीय सरकार बाट पनि सिन्धुपाल्चोकको केही न केही प्रचार प्रसार भइरहेकै छ तर पनि त्यहाँ पर्यटन सोचे जति पुग्न सकेका छैनन्।  अब तपाइहरूको संस्था सिन्धुपाल्चोक पर्यटन प्रवर्धन परिस्द गठन हुने बित्तिकै त्यहाँ पर्यटक पुग्छन् त ?

पहिला पनि भनिसके मैले हामी यत्तिकै पर्यटन प्रवर्धन गर्ने संस्था हो भन्दै उत्तिकै जाँदैनौ।  हामी सिन्धुपाल्चोकको पर्यटकीय सम्भावनाको गहन अध्ययन गरेर मात्र अगाडि बढ्छौ।  त्यो पनि स्थानीय निकायको समन्वयमा। 

त्यहाँको मौलिकता, धार्मिक आस्था र पर्यावरणीय पर्यटनको विकास गर्न स्थानीय बासीहरू, र स्थानीय निकायको सहयोग बिना हामी मात्र अगाडी बढ्न सक्दैनौ।  सिन्धुपाल्चोक के हेर्न जाने? त्यहाँ अन्य ठाउँमा भन्दा फरक र नयाँ के अनुभव वा मनोरञ्जन गर्न सकिन्छ? त्यहाँको स्थानीय संस्कृति के हो ? यस्ता कुराहरूमा ध्यान दिने हो भने पर्यटक पुर्‍याउन गाह्रो छैन। 

किनभने हाम्रो मानव शास्त्रका हिसाबले पनि हामीमा विविधता छ।  त्यसैले मानव जहिले पनि फरक अनुभूतिको लागि पर्खिरहेको हुन्छ।  हामीले एकै दिनमा त्यहाँको संस्कृति, सभ्यता र जैविक विविधता ९हिमाल,पहाड र जल यात्रा० को आनन्द लिन सक्छौ।  यति भएपछि पर्यटक अवश्य पुग्छन् मात्र हामीले आफ्नो स्थानमा यावत कुराहरू छन् भनेर पर्यटक प्रचारप्रसार गर्नु पर्दछ ।

सिन्धु पर्यटन विकास परिसदको स्थापना त भयो पछि गएर बन्द हुने अवस्था त आउँदैन कतै ?

त्यो आउँदैन किनभने हामी एक पर्यटन व्यवसायी जो जहिल्यै पनि नयाँ गन्तव्यको खोजीमा हुन्छौ।  गन्तव्यलाई नै प्रमोसन नगर्ने हो भने हाम्रो व्यवसाय नै धराप मा पर्छ।  कोभिड पछाडि व्यवसायीले पुरानै लयमा काम गरेमा व्यवसाय चल्दैन।  हामीले नयाँ गन्तव्य, नयाँ स्वाद, मौलिकपना पस्कन सक्नुपर्छ। 

अर्को कुरा अहिले नेपाल सरकारले लिभ टुरिजम भनेर नयाँ नीति ल्याएको छ।  जसले गर्दा नेपालीले नै नेपाल घुम्ने वातावरण सिर्जना हुँदा धेरै आन्तरिक पर्यटकको चहलपहल सुरु हुन्छ।  जसले नयाँ स्थानहरूको प्रचारप्रसार गर्न अझै धेरै मद्दत पुग्छ। 

यिनै सरकारले गर्न खोजेको नयाँ  नियमलाई मध्यनजर गर्दै हामीले कर्मचारीहरूको मागलाइ मध्यनजर गर्दै थोरै समयमा धेरै स्थान हेर्ने वातावरण बनाउँछौ हामी।  नेपालको बारेमा नेपालीलाई नै धेरै कुरा थाहा छैन।  पहिला पहिला गोराहरुमात्र पर्यटक हुन् भन्ने जुन धारणा थियो यसले बिस्तारै त्यो धारणामा परिवर्तन ल्याउँछ। बाह्य पर्यटकको लागि गर्नुपर्ने प्रचार प्रसार आफ्नो ठाउँमा छदै छ। 

सिन्धुपाल्चोकमा पर्यटन प्रवर्धन गर्न स्थानीय सरकार र केन्द्रीय सरकारले कस्ता खाले भूमिका निर्वाह गर्दिए सहज हुन्थ्यो ?

नेपाल सरकारले पर्यटन मैत्री नीति नियमहरू बनाइदिए यो नै उत्तम सहयोग हुन थियो । केन्द्र देखि स्थानीय सरकार सम्म नै कानुनी अस्पष्टता छन्।   स्थानीय नागरिकहरूलाई पर्यटन व्यवसाय सँग कसरी जोड्ने र कस्तो नीति निर्माण गर्ने, लगानीका कुराहरू, तालिमका कुराहरू, सम्बन्धित विषयको  शिक्षाका कुराहरूमा हामी अहिले पनि जिरो मै छौ। 

अझै पनि यी कुराहरू सिंहदरबार भित्र मात्र घुमिरहेको छ।  व्यवसायीहरू पनि त्यो विषयमा अनविज्ञ छन्।  कसैलाई केही जानकारी छैन प्रदेश सरकारले कति पैसा पर्यटनमा छुटाएको छ , के  के मा लगानी गर्छ कसैलाई थाहा छैन।  वार्षिक कार्यक्रमको प्रतिवेदन  पनि जनमानसमा पुगेको छैन।

यसको वास्तविक जानकारी लिएर हामीले पर्यटनमा देखिने सम्भावनाहरू र त्यसले स्थानीय स्तरमा पुराउने फाइदाको जानकारी गराउँछौ।  आसा छ हामीलाई यो निर्माण तहमा हामीलाई सरकार र स्थानीय सरकारले साथ दिने छ।

यो संस्थामा कुन कुन क्षेत्रका कति जना व्यक्तिहरूको संलग्नता रहेको छ ?

अहिले हामीले सानो कमिटी बनाएका छौ।  २५ र ३० जनाको मात्र कमिटी बन्छ अहिले।  त्यसमा कार्यसमितिमा १३ जना र स्थानीय निकायका प्रतिनिधिहरू गरेर लगभग ३० जनाको सञ्चालक समिति बनाउँछौ र यसमा हामीले समय  सापेक्ष विभिन्न विधाहरूमा काम गरेका र गर्दै गरेका व्यवसायीहरू लाई संलग्न गराउँदै जान्छौ। 

यसमा दुई किसिमका व्यवसायीहरू संलग्न हुन् पाउँछन्।  एउटा सिन्धुपाल्चोक जिल्लामा घर भएर अन्य ठाउँमा गएर व्यवसाय गरिरहेकाहरू यो संस्थाको सदस्य हुनेछन् भने अर्को अन्य ठाउँको नागरिक त्यहाँ गएर व्यवसाय गरिराखेकाहरू पनि यसको सदस्य हुन पाउनुहुन्छ।  त्यसको अलावा हामीले सल्लाहकार परिस्द भनेका छौ जो चाहिँ हाम्रो अग्रजहरू हुनुहुन्छ।  जसलाई हामीले पनि सम्मान गर्नुपर्ने हुन्छ। जो सँग धेरै अनुभव छ, स्रोत र साधनले सम्पन्न हुनुहुन्छ। भौगोलिक क्षेत्र विधा र क्षमतालाई आधार मानेर यो संस्थालाई मूर्तरूप दिनेछौ । 

सिन्धुपाल्चोक पर्यटन परिसदको तर्फ बाट सिन्धुपाल्चोक बासीलाई कुनै सन्देश ?

अब तपाइहरू पर्यटन भनेको के हो र यसलाई कसरी व्यवसाय बनाउन सकिन्छ भन्ने कुरा अब सुनेको भरमा नभएर प्रत्यक्ष रूपमा देख्न पाउनु हुन्छ।  तपाईँहरूको बगैँचामा उम्रेको उत्पादन तपाइहरूले स्वदेशी र विदेशी पर्यटकलाई पाहुनाको रूपमा खुवाएर आफ्नो मेहनत अनुसारको प्रतिफल प्राप्त गर्ने अवसर हामी सबै स्थानीयहरूलाई सिर्जना गर्ने प्रयत्न गरिरहेका छौ।

यस संस्थामा  बजेट कहाँ बाट  आउँछ ?

बजेट त हामीले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरूमा नै अनुरोध गर्ने हो। वहाँ हरूको सहकार्य र सहयोग बिना हामी मात्र ले केही  गर्न सक्दैनौ। होला व्यवसायीको तर्फबाट गर्न पर्ने सहयोग गर्न हामी सदैव तयार छौ। 

तर बजेट त हामीले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरूमा नै अनुरोध गर्ने हो। वहाँ हरूको सहकार्य र सहयोग बिना हामी मात्र ले केही  गर्न सक्दैनौ। होला व्यवसायीको तर्फबाट गर्न पर्ने सहयोग गर्न हामी सदैव तयार छौ।  सरकारले पनि हामीलाई साथ दिनुपर्छ।

अन्त्यमा,

सरकारले जुन किसिमले पर्यटन विकासका नारा र यदाकदा हामीले भाषणमा नीतिगत कुराहरू कहीँ कहीँ उठाएको देखिन्छ।  अब त्यसरी हैन पूर्ण रूपमा स्थानीय व्यवसायी र स्थानीय बासिन्दाहरूको राय सुझावमा मात्र यसका नीतिहरू बन्नु पर्छ।  त्यसले मात्र नेपालको पर्यटन विकासमा सहयोग पुग्छ। 

अहिले सम्म लागेको होला नेपाल सरकारले हामीले पर्यटनमा ठुलो काम गरेको छौ, धेरै काम गरेका छौ ! तर छैन नेपाल सरकारले हालसम्म गरेको काम नेपालको पर्यटकीय क्षमताका आधारमा हेर्ने हो भने लगभग २० प्रतिशत पनि छैन।  ८० प्रतिशत नेपाल सरकारले नागरिकलाई पर्यटन व्यवसाय सम्बन्धी सुसज्जित गर्नुपर्ने कुरा हो, त्यो अहिले सम्म भएको छैन। 

यो के का आधारमा भन्दै छु भने हामीले धेरै ओटा देश पनि हेरेका छौ।  अन्य देशमा कसरी पर्यटन प्रवर्धन गर्छन्।  उनीहरूले त्यसरी काम गर्दा राज्यले के पाइराखेको छ र राज्यले व्यवसायी र नागरिकलाई के दिई रहेको छ हामीले नजिक बाट हेरिरहेका छौ।  त्यो तुलना गर्दा हामी नगण्य अवस्थामा छौ।  राज्य, राज्यका निकायहरूबाट व्यवसायीले केही पनि पाएको छैन। 

यो कोरोनाको समय लगभग २ वर्ष हुन लाग्यो पर्यटन व्यवसायीले राज्यको तर्फबाट के पायो त रु न राहत पायो न ऋण पायो न कर छुट ! अनि हाम्रो व्यवसाय के का लागी  ? हाम्रो नारीमा बल छउन्जेल मजदुरको रूपमा मात्र काम गर्ने हो ? धेरै काम वाकी छ आउनुस् हामी सँग हाते मालो गर्नुस् हामी नेपाल सरकारलाई राजस्व आर्जन गर्न सहयोग गर्छौ।  हामी पनि दुई पैसा कमाएर कर तिर्न सक्षम हुन्छौ र देशले पनि प्रचुर मात्रामा पर्यटकहरू बाट आम्दानी गर्ने छ।

Facebook Comment

छुटाउनुभयो कि?